१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्री पौडेल र मर्चेन्ट बैंकर्स संघबीच पुँजीबजारबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo

नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टीकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरूको संगठन नेपाल मर्चेन्ट बैंकर संघका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । संघका पदाधिकारीले नवनियुक्त अर्थमन्त्रीलाई बधाई र सफल कार्यकालको कामनाका साथै पुँजीबजारको विकास विषयमा छलफल गर्न भेट गरेका हुन् । 

नेपालको पुँजीबजारको विकास र संवद्र्घनका लागि सक्रिय रूपमा कार्यरत संघ भएकाले अर्थमन्त्रीसँग यस विषयमा छलफल भएको जनाएको छ । अर्थमन्त्री पौडेलको कार्यकालमा नेपालको पुँजीबजारले कोसेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सबल हुने विश्वास लिएको संघले जनाएको छ ।

भेटघाटका अवसरमा अर्थमन्त्रीसमक्ष नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्बन्धमा मर्चेन्ट बैंकरले खेल्न सक्ने भूमिकाका सम्बन्धमा विस्तृत विवरण अर्थमन्त्री शर्मालाई पेस गरेको जनाइएको छ । 

ad
ad