Skip This
चिसाे छल्न आगाे बालेर सुतेका ‘महामुखिया’का छोरा जलेर गम्भीर घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिसाे छल्न आगाे बालेर सुतेका ‘महामुखिया’का छोरा जलेर गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o२:oo

राउटेका महामुखिया मैनबहादुर शाहीका ४० वर्षीय छोरा नारायण शाही आगोमा जलेर घाइते भएका छन्। दैलेख सदरमुकामको नारायण नगरपालिका– ८ सिमाडामा बसोवास गरेका राउटे समुदायका युवा नारायण शाही चिसो छल्न आगोनजिक सुतेको अवस्थामा जलेका हुन्। 

चुलोमा आगो बालेरै सुतेको र सिरक हुँदै आगो शरीरभरि सल्किएपछि उनी  घाइते भएका छन्। अहिले उनलाई स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका लागि ल्याइएको राउटे समुदायमा काम गर्ने शिक्षक लालबहादुर खत्रीले जानकारी दिएका छन्।

चिसोका कारण राति दाउरा बालेर उनीसहित अन्य चारजना सुतेका थिए। अन्य परिवारलाई भने केही भएको छैन। स्वास्थ्य सेवा कार्यालय दैलेखमा डाक्टर प्रयासविक्रम सिजापतिले उनको उपचार गरिरहेका छन्।

शरीरको ३० प्रतिशत भाग जलेको छ। प्राथमिक उपचारपछि उनलाई सुर्खेत रिफर गर्ने तयारी रहेको सिजापतिले जानकारी दिए। ठ्याङ्ग्रिँदो चिसो र झुपडीमा बसोवास गर्ने फिरन्ते राउटे समुदाय चिसोका कारण समस्यामा पर्दै आएका छन्। 

कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले दैलेखको नारायण नगरपालिका– ८ साल खर्कमा बसोवास गरिरहेका छन्। हाल उनीहरूको जनसंख्या एक सय ४३ छ।