१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

३ चैतमा ‘टुल्की’ प्रदर्शन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:२७:oo

हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको चलचित्र ‘टुल्की’ आगामी ३ चैतमा प्रदर्शन हुने भएको छ ।

ग्रामीण क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र टुल्की ३ चैतमा प्रदर्शन हुने भएको हो ।

एक वर्षअघि कोरोना कहरमा खिचिएको यस चलचित्र ढिला गरी मात्र प्रदर्शन हुन लागेको हो ।

‘द पाल्म ग्रुप’को ब्यानरमा निर्मित यस चलचित्रमा बहुपति प्रथासँगै हिमाली जीवनशैली, रहनसहनलगायतका विषयहरू पनि चलचित्रमार्फत उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिए ।

देवजंग थापाले निर्देशन तथा छायांकन गरेको यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र शेखर लामाले गरेका हुन् ।

यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ ।

यस चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् । चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।

ad
ad