१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दैलेखमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१५:oo

मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखको पादुकामा टिपर दुर्घटना हुँदा टिपरचालक धनबहादुर बुढाको मृत्यु भएको छ। दुल्लु नगरपालिका– ३ बस्ने चालक बुढाको उपचारका क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो। 

दुल्लुबाट पादुकातर्फ जाँदै गरेको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिका– ९ पादुकामा सडकबाट १५० मिटर तल खसेको दुल्लु प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा दुल्लु– ३ का नगेन्द्र रावत र पूर्णबहादुर थापा गम्भीर घाइते भएका छन्।

घाइतेहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको दुल्लु प्रहरीले जनाएको छ।

ad
ad