१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘मन्त्रालय बढाउने हल्लामा सत्यता छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय बढाउने कुनै तयारी नभएको बताएका छन्। सञ्चारमाध्यममा सत्तागठबन्धनका दलहरूलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर बढाउन लागिएको खबरहरू आइरहेका वेला प्रधानमन्त्री प्रचण्डले हल्लाहरूको खण्डन गरेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन्।

प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले मन्त्रालय बढाउने भन्ने विषयमा सोमबार प्रधानमन्त्रीलाई फोन गरेर चासो राखेको बताए।

‘मिडियामा मन्त्रालय बढाउने तयारी भएको खबरपछि मैले प्रधानमन्त्रीलाई चिन्ता जाहेर गर्दै फोन गरेको थिएँ। उहाँले हुँदै होइन, यस्तो कुरै भएको छैन। कहाँबाट आयो, यस्तो छैन, हुँदैन भन्नुभयो,’ तिमिल्सिनाले भने। आफूले मन्त्रालय बढाउनुको सट्टा एमाले र माओवादीले कम लिएर पहिला साना दललाई दिएर सानो मन्त्रिमण्डल बनाउन सुझाव दिएको अध्यक्ष तिमिल्सिनाले बताए।

मन्त्रालय बढाउने र भागबन्डाको राजनीतिले व्यवस्थाप्रति नै वितृष्णा ल्याउने उनले बताए। ‘गणतन्त्र स्वास्थ्य, शिक्षा, परिवर्तन संस्थागत गर्न ल्याइएको हो। परिवर्तनको अनुभूति दिने गरी हामीले काम गर्नुपर्छ,’ तिमिल्सिनाले भने।

ad
ad