१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पन्ध्र हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:३९:oo

 १५ वटा हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरूले आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ६२ वटा हाइड्रोपावर कम्पनीमध्ये हालसम्म १५ वटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् ।

आव ०७७/७८ मा १२ वटा हाइड्रोपावर कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका थिए । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा रिडी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले लगानीकर्तालाई पहिलोपटक ४० प्रतिशत बोनस सेयर दिएको छ भने दुई दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

त्यसैगरी, कालिका पावर कम्पनी रहेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअघिको आर्थिक वर्षमा पनि कम्पनीले लगानीकर्तालाई सोही अंकबराबरको लाभांश प्रस्ताव गरेको थियो ।

 

 

 

ad
ad