१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २o:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आहा-रारा गोल्डकपको सेमिफाइनलमा संकटा   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २o:१७:oo

संकटा क्लब पोखरामा जारी २२औँ संस्करणको आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

सोमबार भएको खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा-रारा चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा दुवै टोलीले बाई पाएर क्वार्टरफाइनलको यात्रा तय गरेका थिए। अन्तिम चारमा प्रवेश गरेको संकटाले फाइनल प्रवेशका लागि २० गते हुने खेलमा अको विभागीय टोली सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबसँग भिड्नेछ।

२२औँ संस्करणसम्म आउँदा संकटा र आर्मीको प्रतियोगितामा यो दोस्रो भेट हो। यसअघि ०७६ सालमा सम्पन्न खेलमा आर्मीले संकटालाई पराजित गरेको थियो। आजको जितसँगै ठीक तीन वर्षपछि संकटाले आर्मीसँग बदलासमेत लिएको छ।

खेलमा आर्मीले सु्रुवाती अग्रता लिए पनि त्यसलाई जोगा नसक्दा पहिलो खेलबाट बाहिरिन बाध्य भयो। आर्मीलाई अग्रता दिलाउने क्रममा खेलको १४औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए। 

संकटाका निशान खड्काले आर्मीका दिनेश हेमजनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि खेलका मुख्य रेफ्री नवीन्द्र महर्जनले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए। सोही अवसरलाई श्रेष्ठले सदुपयोग गर्दै टोलीलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। 

एक गोलले पछि परेको संकटाका लागि खेलको ३५औँ मिनेटमा विदेशी खेलाडी मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। कप्तान सुनील बलले डिबक्सभित्र मिलाइदिएको छोटो पासलाई मेसुकेले पोस्टको दिशा दिन सफल भएका थिए।

पहिलो हाप बराबरीमा सकिए पनि दोस्रो हापमा संकटाले थप दुई गोल थप्यो। खेलको ७९औँ मिनेटमा सुरज जिउ ठकुरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलका म्यान अफ दी म्याचसमेत रहेका स्टेफन बिनोङले पेनाल्टी क्षेत्रबाट फस्टबारमा च्पाप्दै प्रहार गरेको बल बारमा लागेर रिबाउन्ड भएसँगै सोही बललाई सुरजले सदुपयोग गरेका थिए। 

खेलमा एक गोलले अग्रता लिएको संकटाको लागि खेलको अन्तिम समयमा ९०+४ मा रुटेफनले गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा पुर्याए। मेसुकेको दिएको पासलाई खेर जान नदिई स्टेफनले बललाई सीधै पोस्टको दिशा दिन सफल भएका थिए। 

संकटाले प्रतियोगिताको उपाधि एकपटक उचालिसकेको छ भने चारपटक फाइनल पुगेको आर्मीले हालसम्म उपाधि उचाल्न सकेको छैन। यसपटक उपाधि उचाल्ने लक्ष्य लिएको भए पनि पहिलो खेलबाटै बाहिरिन परेपछि उपाधिको सपना यसपटकसमेत अपुरो भएको छ।

रणनीतिअनुसार खेल्यौँ र खेलाडीले समेत मेहनत गरेकाले जितेको संकटाका प्रशिक्षक सल्यान खड्गीको भनाइ छ। खेल जित्न त्यति सहज थिएन तर पनि खेलाडीको मेहनतसँगै पाएको अवसर सदुपयोग गर्न सक्नु नै जितको कारण बन्यो।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लिएको अग्रतालाई जोगाउन नसक्दा हार्नुपरेको बताए। 
मंगलबारको खेल मनाङ मर्स्याङ्दी र भुटनिज युथ स्पोर्टस क्लब अमेरिकाबीच हुनेछ।  
 

ad
ad