१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पे एप अब नेपाली भाषामा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

अब आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ। कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आइएमई पेले एपमा यो सेवा थप गरेको जनाएको छ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो।  अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा सेवाग्राहीका लागि कम्पनीले यो फिचर सार्वजनिक गरेको हो।

पुराना प्रयोगकर्ताले एप अपडेट भएपछि र नयाँ प्रयोगकर्ताले प्लेस्टोर वा एपस्टोरबाट आइएमई पे एप डाउनलोड गरेपछि एपभित्र आफ्नो प्रोफाइलको दायाँपट्टि रहेको इएन संकेतबाट नेपाली भाषा रोज्न सकिनेछ।

विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज कमाउन सकिनेजस्ता नवीनतम सेवा–सुविधा आइएमई पे एपमा उपलब्ध छन्।