Skip This
काम गरेरै प्रदेशको महत्व दर्शाउने प्रदेश १ का सांसदहरूको प्रतिबद्धता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ पौष १७ आइतबार ११:२८:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

काम गरेरै प्रदेशको महत्व दर्शाउने प्रदेश १ का सांसदहरूको प्रतिबद्धता

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार ११:२८:oo

प्रदेश १ का नवनिर्वाचित सांसदहरूले प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने पुष्टि हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रदेश सभाले नवनिर्वाचित सांसदहरूलाई प्रदान गरेको दुईदिने अभिमुखीकरणको शनिबार साँझ सम्पन्न समापन कार्यक्रममा बोल्दै प्रदेश संसदीय दलका नेताहरूले आगामी पाँच वर्षमा प्रभावकारी काम गरेर प्रदेश संरचना गलत नरहेको पुष्टि हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन्। प्रदेश संरचनालाई दिगो बनाउन आवश्यक रहेको उनीहरूको धारणा छ।

एमालेका नेता बुद्धिकुमार राजभण्डारीले ‘प्रदेश भड्किलो र खर्चिलो भएकाले खारेज गर्नुपर्छ’ भन्ने आवाज उठ्न थालेकाले त्यसलाई गलत बनाउन अबको पाँच वर्ष सबै दलहरूले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक पार्टीहरूले  सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त भएर एकताको भावनाले काम गर्न सके विकासका लागि प्रदेश सभाको आवश्यकता पुष्टि हुने दाबी गरे। पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघीयताविरोधी प्रश्नहरू उठेको भन्दै उनले अब सबै दलहरूले सहमति बनाएर प्रदेशको नामकरण चाँडै गर्नुपर्नेमा जोड दिए।

यसैरी, कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रादेशिक संरचना सही छ भन्ने कुरा प्रदेश सभा र सरकारले व्यवहारबाट पुष्टि गर्नुपर्ने चुनौती थपिएकाले चनाखो भएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए। प्रभावकारी कानुन बनाउन र बनेका कानुनहरू कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सके प्रदेशमा विकासले फड्को मार्ने र संघीयता गलत हो भन्नेहरूको प्रश्न आफैँ  गलत साबित हुने उनको तर्क छ। प्रादेशिक संरचनालाई दिगो बनाउन सातवटै प्रदेशको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा समेत उनको जोड छ।

माओवादी केन्द्रका नेता दुर्गा चापागाईंले निर्वाचित भएका सबै दलका सांसदहरूले  पाँच वर्ष चनाखो भएर काम गर्नुपर्ने बताए। राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकीकृत समाजवादीका नेता कमलप्रसाद जबेगु र जनता समाजवादीकी निर्मला लिम्बूले विकासका लागि सबै दलहरू एक हुनुको विकल्प नभएको भन्दै आगामी पाँच वर्ष इमानदार र पारदर्शी ढंगले काम गर्ने प्रतिबद्धता जनाए।