१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Monday, 15 July, 2024
२o७९ पौष १५ शुक्रबार २o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शशांकले भने- पार्टीले रणनीति मिलाउन नजान्दा ‘दुर्घटना’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार २o:२५:oo

कांग्रेस नेता डा शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु परेको बताएका छन्। शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।’ 

पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो। गठबन्धनबाट पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका पुष्पकमल दाहाल प्रचण्डले खेलेको उनले बताए। 

उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलोपटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।’ कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले  जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। 

ad
ad
ad
ad