१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मुटुरोगको जोखिम न्यूनीकरण गर्न के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo
डा. अनिल भट्टराई, मुटुरोग विशेषज्ञ त्रिवि शिक्षण अस्पताल

जाडोयाममा दिन छोटो हुँदै जान्छ । घाम कम लाग्छ र अत्यधिक चिसो हुन्छ । चिसोले मुटुलाई शिथिल बनाउँछ । गर्मीको दाँजोमा जाडोयाममा शरीरलाई तातो बनाउन तथा रक्तसञ्चार गर्न मुटुले बढी काम गर्नुपर्छ । त्यही कारण मुटुलाई भार बढी पर्छ । 

अर्को कुरा, जाडोमा शारीरिक गतिविधि कम हुन्छ । यो समयमा व्यायाम कम गर्ने, खानपान बढी हुने, शरीरको तौल कम हुने हुन्छ । जसले गर्दा मुटुलाई रक्तसञ्चार गर्ने नसाहरू पनि खुम्चने हुन्छ । नलीहरू खुम्चिएर ब्लक हुँदा मुटु र मस्तिष्क दुवैमा असर गर्न सक्छ ।

मुटुरोगको औषधि सेवन गरेर निको भइसकेका व्यक्तिले चिसो समयमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै, नियमित औषधि सेवन गरिरहेकाहरूमा पनि रोग पुनः बल्झने खतरा हुने भएकाले उनीहरू पनि सतर्क रहनुपर्छ । 

समस्या
- उच्च रक्तचाप बढ्ने ।
- मस्तिष्कघात हुने । 
- श्वासप्रश्वाससम्बन्धी समस्या । 
- उकालो जान, भर्‍याङ चढ्न । 
- हृदयाघात हुन सक्ने । 
- रक्तनली खुम्चने । 
- शरीरको तौल बढ्ने । 
- हातखुट्टा सुन्निने । 
- मुटुको धड्कन बढ्ने । 

कस्ता कुरामा ध्यान दिने ?
- नियमित औषधि सेवन गरिरहेको छ भने निरन्तरता दिने । 
- रक्तचाप नियन्त्रण छ÷छैन्, नियमित परीक्षण गर्ने । 
- कोलेस्ट्रोल, सुगर जाँच गर्ने । 
- शरीरको तौल नियन्त्रण गर्ने । 
- चिसोमा मर्निङवाक नगर्ने, घाम लागेपछि मात्र न्यानो कपडा लगाएर व्यायाम गर्ने । 
- आलु, भात, गुलियोलगायतका कार्बोहाइड्रेटयुक्त खाना कम खाने । 
- चिसो खानेकुरा नखाने । 
- धूम्रपान, मद्यपान नगर्ने । 
- मुटुरोगीले माछा र सेतो मासु खाने, रातो मासु नखाने । 
- झोलिलो खानेकुरा खाने । सागपात, फलफूल प्रशस्त खाने । 
- न्यानो लुगा लगाउने 
- खाना कम खाने । 
- मनतातो पानी पिउने । 

ad
ad