१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

अर्थतन्त्र सुधारमा केन्द्रित हुन सरकारलाई निजी क्षेत्रको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ छुट्टछुट्टै भेटमा उनले यस्तो बताएका हुन् ।

निजी क्षेत्रले संकटोन्मुख अर्थतन्त्रको सुधारलाई मुख्य प्राथमिकतामा राख्न नवगठित सरकारलाई आग्रह गरेको छ । निजी क्षेत्रका छाता संगठन महासंघ र परिसंघले नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई छुट्टाछुट्टै भेटेर अर्थतन्त्र सुधारमा केन्द्रित हुन आग्रह गरेका हुन् । 

महासंघका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निजी निवासमा मंगलबार भेटेर अर्थतन्त्रका समस्या, चुनौती र समाधानका विषयमा संक्षिप्त जानकारी गरायो । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई एवं शुुभकामना दिँदै अर्थतन्त्र सुधारमा विशेष ध्यान दिन आग्रह गरे । 

‘प्रधानमन्त्रीज्यू आफैँ पनि मुलुुकको आर्थिक अवस्था, उद्योग–व्यवसायको अवस्थाबारे जानकार हुनुहुुन्छ, महासंघले प्रधानमन्त्रीज्यूसमक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराइसकेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘यतिखेर अरू कुराभन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्छ ।’

अध्यक्ष गोल्छाले उद्योग–व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याका रूपमा देखापरेको चालू पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिए । उनले अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याका कारण उद्योगी–व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेको बताए । उनले व्यवसायीहरू सडकमा आउने परिस्थिति बनेको भन्दै त्यसको अन्त्य गर्न आग्रहसमेत गरे ।

‘राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको छ, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको छ र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले संकुचित हुँदै गएको छ,’ गोल्छाले भने, ‘प्रधानमन्त्रीज्यूले अर्थतन्त्रको यी संवेदनशीलता बुुझेर सोहीअनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको छ ।’

भेटमा प्रधानमन्त्रीले अर्थतन्त्रको सुधारलाई विशेष प्राथमिकता दिने बताए । मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णयसमेत भइसकेको जानकारी गराए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 अवैध व्यापार नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीलाई आग्रह
महासंघको प्रतिनिधिमण्डलले मंगलबार नै नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग समेत भेट गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृहमन्त्रीलाई मुुलुकको उद्योग–व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि ब्रिफिङ गरे । सीमा क्षेत्रबाट हुने अवैध आयात–व्यापार नियन्त्रणमा ध्यान दिन महासंघले आग्रह गरेको छ । सो अवसरमा गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग–व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेको भन्दै महासंघले राखेका सुुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयन गर्ने बताए ।
 

ad
ad