१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आएको छ। दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै उनीहरू मंगलबार नेपाल आएका हुन्।

नेपाल आएको टोलीले पुस १३ गते गण्डकी– ११ र १४ गते काठमाडौं– ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो।

कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले सोमबार बिदाइ गरेकी थिइन्। ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ।

स्पेनिस टिमसँग खेल्ने गण्डकी– ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ। गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ। टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ। यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं– ११ को कप्तानी सम्हाल्नेछन्। मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो।

६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यावसायिक फुटबल करिअरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए। एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोनाजस्ता ठूला क्लबहरूबाट खेलिसकेका सालिनासले १९९२ मा बार्सिलोनाबाट युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

१९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए।