मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Wednesday, 02 September, 2026
२o७९ पौष ११ सोमबार १८:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनभित्रबाटै निष्कर्ष निकाल्नुपर्छ भन्ने पक्षमा थिएँ : गगन थापा

उत्कृष्ट प्रतिपक्षको भूमिका निर्वाह गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १८:५७:oo

कांग्रेस महामन्त्री गगन थापाले पार्टीले संघीय संसद् र प्रदेश सभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।  

पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढंगबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए। 

महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जाहेज नभएको स्पष्ट पारे। 

उनले भने, 'निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ। कांग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन, अन्यले पनि पाउँदैनन्। यहीँ गठबन्धनभित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्दछ भन्ने पक्षमा हामी थियौँ।’

महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको बताए। उनले धेरै विषय सञ्चारमाध्यमबाट जानकारी हुने गरेको उल्लेख गरे। 

थापाले आफूले निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताए। आगामी दिनमा कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्न सक्ने गरी पार्टी पुनःनिर्माणको अभियान सुरु गरिने उहाँले जानकारी दिए।