१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ११ सोमबार १८:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविको पहिलो निर्णय - निर्मला पन्तको हत्यारा पत्ता लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १८:o६:oo

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा खोज्ने पहिलो निर्णय गरेका छन्। 

सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि लामिछानेले यस्तो निर्णय गरेका हुन्। 

मन्त्रालयमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने सम्बन्धमा पहिलो निर्णय गरेको जानकारी गराएका थिए। 

गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले पनि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय भएको जानकारी दिए। 

कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो। उनको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। 

त्यसवेला लामिछाने टेलिभिजनकर्मी थिए। उनले आफ्नो चर्चित टेलिभिजन कार्यक्रममा पटक-पटक यो विषय उठाएका थिए।