१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ११ सोमबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ११ सोमबार १६:४५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्। 

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

अन्य मन्त्रीहरूमा जनमत पार्टीबाट अब्दुल खान, एमालेबाट तीन मन्त्री ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले शपथ लिएका छन्। 

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रधानमन्त्री प्रचण्ड, तीनजना उपप्रधानमन्त्री र चारजना मन्त्रीलाई शपथ गराएकी हुन्।