Skip This
मेसी राजी भए पिएसजीसँग सम्झौता गर्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
एजेन्सी पेरिस
Invalid date format o९:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसी राजी भए पिएसजीसँग सम्झौता गर्न

Read Time : > 1 मिनेट
एजेन्सी पेरिस
नयाँ पत्रिका पेरिस
Invalid date format o९:४७:oo

अर्जेन्टिनी कप्तान लियोनल मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता गर्न राजी भएका छन् । मेसी र पिएसजीबीचको सम्झौता यसै वर्ष सकिँदै थियो । नयाँ सम्झौताअनुसार मेसी पिएसजीमा सन् २०२४ सम्म रहनेछन् । गत साता दोहाको लुसेल रंगशालामा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएपछि मेसीले आफू आबद्ध क्लब पिएसजीसँग पनि नयाँ सिजनमा सहकार्य गर्न इच्छा देखाएका हुन् । पिएसजीले आधिकारिक रूपमा मेसी क्लबमै बस्न राजी भएको जनाइसकेको छ । 

यससँगै, स्पेनिस क्लब बार्सिलोनाले मेसीलाई भित्र्याउने प्रयास समाप्त भएको छ । बार्सिलोनाले आफ्नो क्लब इतिहासकै महान् खेलाडी मेसीलाई पुनः एकपटक भित्र्याउने चाहना राखेको थियो । बार्सिलोनाले खेलाडी किनबेचको सत्रअगाडि नै मेसीलाई नाउ क्याम्पमा ल्याउने योजनाका साथ अगाडि बढेको थियो । बार्सिलोनाका अध्यक्ष जोआन लापार्टाले गत साता अर्जेन्टिनी विश्व च्याम्पियन खेलाडी मेसीलाई फर्काउने घोषणा गरेका थिए । 

परिवारका साथ पेरिसमै खुसी मेसी
मेसीले आफू पेरिसमा रमाइहेको र यहाँको खेल्ने वातावरणबाट प्रभावित भएको जनाउँदै पिएसजीलाई नै पहिलो प्राथमिकतामा राखेका छन् । गुलेम वालाक्वी पत्रिकाले मेसी र पिएसजीबीचको सम्झौता रकम नखुलाइएको जनाएको छ । ‘अर्को साता मेसी पिएसजीमा फर्कंदा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ,’ पत्रिकाले भन्यो, ‘त्यस समयमा मात्र रकम पनि सार्वजनिक हुनेछ ।’ गुलेम वालाक्वी पत्रिकालाई मान्ने हो भने मेसी बार्सिलोना फर्कन मनसाय बनाएका छैनन् । बार्सिलोनामा धेरै मन दुखाइका साथ छाड्नुपर्दा मेसीले त्यो पीडा अहिलेसम्म राखेका छन् ।

यसै कारण मेसीले आफूलाई अन्तिम समयमा अपमानित बनाएको क्लबसँग पुनः नाता गाँस्न तयार नभएका हुन् । ‘मेसी पिएसजीमा निकै खुसी छन्, बिदा सकाएर पिएसजीसँग सम्झौता गर्नेछन्,’ गुलेम वालाक्वीले उल्लेख गरेको छ, ‘पेरिसमा आनन्दपूर्वक बसेका छन्, परिवारका हरेक सदस्यले पेरिस मन पराएका छन् ।’ 

नयाँ लक्ष्य च्याम्पियन्स लिग 
बार्सिलोनालाई चारपटक युरोपियन च्याम्पियन्स लिग दिलाएझैँ पिएसजीलाई पनि उपाधि दिलाउने लक्ष्यका साथ मेसी अगाडि बढेका छन् । ‘जसरी मेसीले बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि दिलाए, त्यसैगरी नै अब पेरिसको पिएसजीलाई च्याम्पियन्स लिग ट्रफी दिलाउने योजना रहेको छ,’ पत्रिकाले उल्लेख गरेको छ, ‘विश्वकप उपाधिसँगै मेसी फिफा वर्ष खेलाडीको प्रबल दाबेदार बनेका छन् ।’