मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १० आइतबार १५:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालकोटबाट बाहिरिँदै राईले भने- नयाँ ‘समीकरण’ बन्ने देखियो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १० आइतबार १५:१२:००

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक राई नेकपा एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटबाट बाहिरिएका छन्। पार्टीभित्र छलफल गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन्। 

पत्रकारसँग कुरा गर्दै राईले भने, ‘बैठकमा सरकार गठनका सम्भावनाबारे छलफल भइरहेको छ। म पार्टीभित्र छलफल गर्न हिँडेँ। हाम्रो पार्टीले संसदीय दलको नेता पनि चुनिसकेको अवस्था छैन। यसबारे पनि पार्टीमा छलफल गर्नुपर्छ।’

बालकोट बैठकमा सहभागी दलबीच नयाँ गठबन्धन बनेर सरकार निर्माण गर्ने संकेत देखिएको उनले बताए। 

बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेता सहभागी छन्।