मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १० आइतबार १३:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन टुट्यो, हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १० आइतबार १३:३४:००

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर गएकाे बताएका हुन्। बैठकको बीचमै बालुवाटारबाट निस्केर प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट हिँडेका थिए।

बैठकपछि पौडेलले भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ  भनेर प्रचण्ड बाहिरिनुभयो ।’