१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडको नयाँ भेरियन्ट नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै खुला सीमाका कारण संक्रमणको जोखिम रहेकाले सचेत हुन आग्रह गरेको हो।

छिमेकी मुलुकहरूमा फैलिएको नयाँ भेरियन्ट ‘बिएफ–७’ नेपालमा हालसम्म पुष्टि नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘खुला सिमाना एवं मानिसहरूको आवतजावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरुरी छ।’

मन्त्रालयका अनुसार कोभिडको यो नयाँ भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरूलाई संक्रमण गर्ने देखिएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको अवस्थामा कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न गराउन तथा कोमिडविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ।