१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय दलमा पराजित गगनको प्रतिक्रिया- यो अपेक्षाकृत परिणाम होइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

कांग्रेस महामन्त्री गगन थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन्। बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन्। 

आफ्नो प्रयास भने पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने उनको भनाइ थियो। महामन्त्री थापाले पार्टीको महामन्त्री र सांसदको रूपमा आफू काम गर्ने पनि स्पष्ट पारे। 

उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेन्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए। महामन्त्री थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नरहेको उल्लेख गर्दै त्यसबाट आफू निराश नहुने पनि बताए। 

उनले भने, ‘म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु । त्यसकारण मेरो प्रयास त्यसकै लागि रहन्छ । सरकारमा अरू साथीहरू जानुहुन्छ । कांग्रेसको नेतृत्वमा सरकार बन्दै गर्दाखेरि अरू साथीहरू जानुहुन्छ, बस्नुहुन्छ । काम गर्नुहुन्छ । म महामन्त्री छु । महामन्त्रीको रूपमा म काम गर्छु । नेपाली कांग्रेसको सांसद हुँ । सांसदको रूपमा काम गर्छु । कांग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो, ठानिराख्छु । त्यसको निम्ति प्रयत्न गरिराख्छु । त्यसबाहेक सरकारमा जाने, त्यहाँभित्र गएर काम गर्ने भन्ने कुरा अहिलेका निम्ति मैले गर्नुहुँदैन । यसो गर्नु उपयुक्त हुँदैन । म त्यो गर्दिनँ । मेरा लागि यो अपेक्षाकृत परिणाम होइन।’

महामन्त्री थापाले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि आजैबाट पहल गर्नुपर्ने धारणासमेत राखे।