१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o५:oo

मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ। काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको हो। 

विभिन्न विधामध्ये वित्तीय सेवा क्षेत्रमध्येबाट नेपालबाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको हो। साफाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न विधाहरूमा प्रस्तुत गरेको थियो। दक्षिण एसियन देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्यांकनको आधारमा छनोट गरेको हो।

 नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनका लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो। उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए।

ad
ad