Skip This
अप्रत्याशित शब्द प्रयोगले दलित समुदायमा परेको असरप्रति क्षमा प्रार्थी छु : हर्क साम्पाङ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अप्रत्याशित शब्द प्रयोगले दलित समुदायमा परेको असरप्रति क्षमा प्रार्थी छु : हर्क साम्पाङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

धरान उपमहानगरका मेयर हर्क साम्पाङले माफी मागेका छन्। उनले कुनै समुदाय विशेषलाई ठेस पुर्‍याउने आफ्नो निहीत उद्देश्य नरहेको स्पष्ट पार्दै माफी मागेका हुन्। 

मेयर साम्पाङले गत बुधबार आफ्नो फेसबुक पेजमार्फत ‘चमारे’ शब्द उल्लेख गर्दै स्टाटस लेखेपछि उक्त शब्दले दलित समुदायलाई होच्याएको भन्दै उनको आलोचना भएको थियो। 

‘मैले पोस्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’ आइतबारको स्टाटसले लेख्दै उनले भनेका छन्, ‘यसका लागि म क्षमा प्रार्थी छु। त्यसका लागि यो शब्द फिर्ता लिँदै सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँछु।’