१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार २o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रेस स्वतन्त्रतामाथिको संकुचन मान्य हुँदैन : प्रथम राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २o:o२:oo

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

प्रथम राष्ट्रपति यादवले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताए। उनले पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न कानुन बनाएर संकुचन गर्न खोजिरहेको आरोप लगाए। उनले सरकारले गलत काम गरेको खण्डमा त्यसविरुद्ध लडेर भए पनि अधिकार प्राप्त गर्नुपर्ने बताए। 

आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर काम गर्न सुझाब दिए। प्रथम राष्ट्रपति यादवले म्यानमारमा लोकतन्त्रको पक्षको आन्दोलनमा नेपालले कुनै पनि समर्थन नगरेको भन्दै आपत्ति जनाए। 

उनले नेपालले बर्मामा रहेका नेपालीहरूको स्वतन्त्रताका लागि सरकार र राजनीतिक दलहरूले आवाज उठाउन जरुरी रहेको औँल्याए। प्रथम राष्ट्रपति यादवले म्यानमारको लोकतन्त्रको लडाइँमा नेपाल सरकार, राजनीतिक दल र पत्रकार महासंघलगायत संघसंस्थाले कुनै आवाज नउठाएकोप्रति दुःख व्यक्त गरे। 
 

ad
ad