१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंको सुकुमबासी समस्या हल गर्न सबै पक्षको सहमति चाहिन्छ : मन्त्री चौधरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुमबासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन्। 

मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुमबासी बस्तीको व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यकता रहेको प्रस्ट्याएका हुन्। 

२८औँ महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरू सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि स्मरण गराए। 

महानगरपालिकालाई बसोवासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाई महानगरवासीको आधारभूत आवश्यकता परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘वर्तमान परिवेशमा व्यवस्थित, सफा र सुन्दर सहरको निर्माण गर्ने आवश्यक पूर्वाधारको विकास गरी सहरी क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन तत्काल ठोस कार्यहरू सुरु गर्न अति जरुरी भइसकेको छ। विभिन्न नदीका किनारामा बढ्दै गएको बसोवास एवं बसोवासीको व्यवस्थापन गर्ने कार्य चुनौती बन्दै गएको छ।’ 

मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहाेरमैलालगायतका समस्या समाधान गरी अघि बढ्न काठमाडौं महानगरपालिका सफल हुने विश्वाससमेत व्यक्त गरे। उनले बसोवासयोग्य सहरको रूपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि दोहोर्‍याए।