Skip This
रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

चितवन निर्वाचन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल (सफल) ले निर्वाचन आयोगसहित पाँचजनालाई विपक्षी बनाउँदै  बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। 

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाडाैंलाई विपक्षी बनाइएको छ। मुद्दाको किनारा नलाग्दासम्म उनलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ।

रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले बताए। 

चितवन निर्वाचन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचितसमेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लंधन गरेको दाबी गरिएको छ।