१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धरहरा पुनर्निर्माण रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:१६:oo

ऐतिहासिक धरहरा पुनर्निर्माण रोकिएको छ । धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूल धारो नष्ट हुने गरी डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले तत्कालका लागि धरहराको काम पनि रोकेका हुन् । 

कामपा वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्व बोकेको सुन्धारामा पानी पठाउने काठको लामो पाइप नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गर्ने तयारी गरेको थियो । उक्त पाइपलाई नष्ट गरेपछि धरहरा पुनर्निर्माणको बाँकी काम रोकिएको हो ।  

अध्यक्ष महर्जनले भने, ‘धरहरा बनाउनेले सुन्धारा बनाउँछन् भन्ने कुरामा विश्वास रहेन, अब विज्ञको रोहबरमा मात्र सुन्धारा पुनर्निर्माण अघि बढाउनुपर्छ ।’ त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताए । मौलिक कला, संस्कृतिको नमुनाका रूपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन नहुने अध्यक्ष महर्जनले जोड दिए । ०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको यस सम्पदाको भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको धरहरा पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा १२ पुस ०७५ थालनी गरेका थिए । 

४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको र भित्रपट्टि २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना रहनेछन् । धरहरा टावरको पुनर्निर्माण सम्पन्न भएको भन्दै ११ वैशाख ०७८ मै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म उक्त टावरआसपासको अन्य संरचना बनिसकेको छैन ।