मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २७ मंगलबार १२:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २७ मंगलबार १२:२०:००

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

एक मिनेट १९ सेकेन्डको ट्रेलरमा सामाजिक विषयवस्तुको उठान गरिएको छ। लागुऔषधविरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको चलचित्रमा सरिता लामिछाने, सरोज खनाल, एलिस राई, प्रभात पल, प्रेविल कँडेललगायतको अभिनय रहेको छ।

चलचित्रमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ। किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतविरुद्धको सन्देश बोल्ने प्रयास गरिएको छ।

नवीन बोगटीको निर्देशनमा बनेको चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ। आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ छन्।