१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
प्रदेश डिजिटल संस्करण

प्रतिनिधिसभामा मधेस प्रदेशबाट २१ जना समानुपातिकमा

१६ महिला र ५ पुरुष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र राजनीतिक दलहरूले समानुपातिक सांसदको नामावली बुझाएका छन्। प्रतिनिधिसभातर्फ मधेस प्रदेशका आठ जिल्लाबाट २१ जना समानुपातिकबाट सांसद बन्ने भएका छन्।

समानुपातिकतर्फ ३४ सिट पाएको एमाले र ३२ सिट पाएको कांग्रेसले मधेस प्रदेशबाट ६–६ जनाको नाम सिफारिस गरेका छन्। १४ सिट पाएको माओवादी केन्द्रले दुई, १३ सिट पाएको रास्वपाले एक, सात सिट पाएको राप्रपाले एक, पाँच सिट पाएको जसपाले दुई जना र पाँच सिट पाएको जनमत पार्टीले तीनजनाको नाम मधेस प्रदेशबाट सिफारिस गरी आयोगमा बुझाएको छ। २१ जनामध्ये आदिवासी जनजातिबाट दुईसहित १६ महिला तथा एक दलितसहित पाँचजना पुरुष रहेका छन्।

नेपाली कांग्रेसले मधेस प्रदेशमा खस–आर्यबाट मञ्जु खाण (सिराहा/काठमाडौं), मधेसीबाट विमलेन्द्र निधि (धनुषा), नागिना यादव (महोत्तरी/मकवानपुर), मुक्ताकुमारी यादव (धनुषा), चन्दा चौधरी (सर्लाही) र संगीता मण्डल (महोत्तरी)को नाम पठाएको छ।

त्यसैगरी, एमालेले खस–आर्यमा सम्झना थपलिया (सिराहा), जनजातिमा सरस्वती सुब्बा (सर्लाही), मधेसीमा गंगाप्रसाद यादव (सिराहा), विना देवी (रौतहट) र प्रतीक्षा तिवारी मुखिया (धनुषा) तथा दलितमा प्रभु हजारा दुसाध (पर्सा)को नाम सिफारिस गरेको छ।

मओवादी केन्द्रले मधेसीमा मीना यादव (सर्लाही) र उमरावतीदेवी यादव (बारा)को नाम मधेस प्रदेशबाट आयोगमा पठाएको छ। यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालले खस–आर्यबाट प्रकाश अधिकारी (सिराहा) र मधेसीबाट रञ्जुकुमारी झा ठाकुर(सप्तरी), जनमत पार्टीले खस–आर्यबाट गोमालाभ सापकोटा (महोत्तरी), जनजातिबाट विनिताकुमारी सिंह (सिराहा) र मधेसीबाट अनितादेवी साह (धनुषा)को नाम पठाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसीबाट मनीष झा (धनुषा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेसीबाट विना जयसवाल (पर्सा)को नाम समानुपातिक सांसदका रूपमा आयोगमा पठाएको छ।

यस्तो छ जिल्लागत संख्या