१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २५ आइतबार ११:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेल्सबेरीमा नेपालपेको क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार ११:२४:oo

सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०प्रतिशत (अधिकतम रु. १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन्। क्यासब्याकको अफर नेपालभरिका सेल्सबेरीका शाखाहरूमा मंसिर २५ देखि पुस ३० गतेसम्म उपलब्ध हुनेछ।

डाइनामिक क्युआरको रूपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। 

सेल्सबेरीमा नेपालपे क्युआरको सेवा हिमालयन बैंक तथा माेकाे फोकस-वान् सोलुसन्सकाे सहकार्यमा सुचारु गरिएको बताइएको छ। उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने डिपार्टमेन्ट स्टोरको विश्वास छ। 

हाल नेपालपे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध छ।