Skip This
टिटेले ब्राजिलको प्रशिक्षक छाडे 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
दोहा
Invalid date format १o:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टिटेले ब्राजिलको प्रशिक्षक छाडे 

Read Time : < 1 मिनेट
दोहा
नयाँ पत्रिका
Invalid date format १o:५१:oo

पाँचपटकको विजेता ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पदबाट राजिनामा दिएका छन् । कतार विश्वकपअन्तर्गत पहिलो क्वार्टरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । ब्राजिललाई उपाधिसम्म पुर्‍याउन नसकेपछि पदबाट राजीनामा दिएको टिटेले बताएका छन् । टिटेले ब्राजिलियन टोलीसँग ६ वर्षको सहकार्य समाप्त भएको जनाएका छन् । 

‘६ वर्ष मैले ब्राजिलको टोली सम्हाल्ने अवसर पाएँ, फुटबल इतिहासकै एक उत्कृष्ट टोलीकै मुख्य प्रशिक्षकका रूपमा काम गर्न पाउँदा गर्वको महसुस गरेको छु,’ टिटेले भने, ‘मैले ब्राजिललाई छैटौँपटक उपाधि दिलाउने लक्ष्य राखेको थिएँ, तर लक्ष्यसम्म पुग्न सकिनँ ।’ यद्यपि, विश्वकपअघि नै उनले प्रशिक्षकका रूपमा अन्तिम भएको बताएका थिए । 

‘मैले अगाडि नै भनेको थिएँ, विश्वकपछि टोली छाड्नेछु,’ उनले भने, ‘अरूलाई पनि काम गर्न अवसर दिनुपर्छ, ब्राजिलियन टोली सम्हाल्न सक्ने अरू पनि छन् ।’ ब्राजिलको हार जिम्मेवार आफूले लिएको बताए । ‘हारको जिम्मेवारी म आफैँ लिन्छु, यसमा खेलाडीलाई दोष दिन मिल्दैन,’ उनले भने, ‘खेलको नतिजा स्वीकार गर्नुपर्छ, खेलमा हार र जित हुन्छ ।’ ६१ वर्षीय प्रशिक्षक सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएका थिए ।