मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २४ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २४ शनिबार १९:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले टुंग्यायो समानुपातिक सांसद, प्रकाशशरण र बिमलेन्द्र अटाउँदा, गोपालमान र फरमुल्लाह आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २४ शनिबार १९:o८:oo

कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको हो।

लामो रस्साकस्सीपछि कांग्रेसले समानुपातिक सांसदमा तीन पुरुषको नाम टुंग्याएको छ। खसआर्यबाट डा. प्रकाशशरण महत, दलितबाट जीवन परियार र मधेसीबाट बिमलेन्द्र निधिलाई कांग्रेसले सांसद बनाएको छ। 

महत, परियार र निधि अटाउँदा गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर सांसद बन्न असफल भएका छन्। 

कांग्रेसले पाएका ३२ मध्ये ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्याउनैपर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले तीनजना पुरुषलाई मात्र सांसद बनाउन सकेको हो। 

त्यसअघि नाम टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर, बैठकले निर्णय गर्न नसकेपछि पदाधिकारी बैठकले नाम तय गरेको हो। 

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने महिलाहरूमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण छन्। 

यस्तै, खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल चयन भएका छन्। 

दलितबाट शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी लिम्बू, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ छन्। 

मधेसीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल तथा मुस्लिमबाट जावेदा खातुन जागा, थारूबाट कल्पना चौधरी र विनाकुमारी थनेत सांसद चयन भएका छन्।