Skip This
आफ्नो स्वामित्वको सम्पत्ति निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २३ शुक्रबार
  • Tuesday, 13 May, 2025
कांग्रेस नेता खड्काको कम्पनी खड्का ल्यान्ड एन्ड डेभलपमेन्ट प्रालिले अनधिकृत रूपमा प्रयोग गरिरहेको नेपाल स्काउटको जग्गा । फाइल तस्बिर : संजित परियार/नयाँ पत्रिका
मुख्य समाचार डिजिटल संस्करण

आफ्नो स्वामित्वको सम्पत्ति निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २३ शुक्रबार १७:१७:oo

नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। स्काउटले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिन माग गरेको हो।

स्काउटले आफ्नो नाममा लैनचौरमा रहेको तीन रोपनी जग्गा ०६५ सालमा ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’लाई करार सम्झौता गरी १० वर्षका लागि उपलब्ध गराए पनि समय सकिएपछि समेत खाली नगराएकाले सो जग्गा खाली गर्नुपर्ने उसको माग छ।

यो विषय लिएर स्काउट उच्च अदालत पाटनसमेत गएको थियो। भोगचलन गर्दै आएको तीन रोपनी जग्गा र जबर्जस्ती कब्जा गरेको करिब सात रोपनी पार्किङ क्षेत्रमा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको कुनै हक दाबी नहुने अदालतले फैसला गरे पनि सो जग्गा हालसम्म स्काउटको नियन्त्रणमा आएको छैन।

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले आफूहरूले पटकपटक सो जग्गा खाली गर्न भने पनि अटेर गरिएको बताए। अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरूलाई पटकपटक धाकधम्की दिइएको र कार्यालयसमेत तोडफोड गरिएको भन्दै उनले भाडाबापत पाउनुपर्ने एक करोड ९५ लाख १९ हजार एक सय ६६ रुपैयाँसमेत लिन बाँकी रहेको बताए।