Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार २२:१४:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नविता, संयोग र बिनेशको विजयी सुरुवात

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार २२:१४:००

विश्व टेबल टेनिस च्याम्पियन्सिपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० सुरुवात भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरुवात भएको खेलमा पहिलो दिन नेपालका तीन खेलाडीले विजयी सुरुवात गरे । 

पुरुषतर्फ संयोग कपाली र बिनेश खनियाँले विजयी सुरुवात गरे । समूह डीको खेलमा संयोगले बंगलादेशका नाफिज इक्बालाई सोझो सेटमा पराजित गर्न सफल भए । संयोगले ११–६, ११–६ र ११–९ ले जित निकाल्दै दुई अंक जोडे । 

यसैगरी, बिनेशले बंगलादेशका फहाद खवाजालाई ३–२ को सेटमा पराजित गरे । उनले ११–८, ९–११, ३–११, ११–६, ९–११ ले जित निकाल्दै विजयी सुरुवात गरे । समूह एफमा बिनेश दुई अंकसहित शीर्षस्थानमा छन् । 

महिलातर्फ नविता श्रेष्ठले श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरिन् । सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन् । 

पुरुषतर्फ समूह ए को खेलमा नेपालका शिवसुन्दर गोथे भारतका सनिलशंकर सेटीसँग सोझो सेटमा पराजित भए । यसैगरी समूह सी नेपालका रुबिन महर्जन पाकिस्तानका मोहम्मद शाह खानसँग ३–२ को सोझो सेटमा हार बेहोरे । निकै नै प्रतिस्पर्धात्मक बनेको समूह ई मा नेपालका प्रदीप रोका पाकिस्तानका फैजान जाहुरसँग ३–२ सेटले पराजित भएका थिए । 

महिलातर्फको खेलमा इभाना थापा पहिलो खेलमा भारतकी रिथ रिस्या टेनिसनसँग ३–० को सोझो सेटमा पराजित भइन् । इभानाले खेल ११–२, ११–५ र ११–४ ले गुमााइन् । समूह सीमा दुवै खेल जितेकी भारतीकी रिथले चार अंक जोड्दै शीर्षस्थानमा रहिन् । 

यसैगरी, रविना महर्जनसमेत समूह डी को खेलमा श्रीलंकाकी कसुनी हिमाया पिटिगालासँग  ३–१ ले पराजित भइन् । समूह ईमा सिका सुवाल श्रेष्ठले भारतकी दिया पाराङ चितलसँग ३–० कै सोझो सेटमा पराजित भइन् । यसैगरी, समूह जीमा एलिना महर्जन श्रीलंकाकी महिसा सिलन्दा गस्टसँग ३–० को सोझो सेटमा हार बेहोर्न पुगिन् । 

साउथ एसियन रिजनल च्याम्पियन्सिप आजबाट सुरु भई २५ मंसिरसम्म आयोजना हुनेछ । प्रतियोगितामा पुरुष तथा महिलातर्फका शीर्ष १६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट हुनेछन् । नेपालबाट पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी सहभागी छन् ।