१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
स्केच स्रोत : सडक विभाग
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यस्तो बन्दै छ ग्वार्कोमा नेपालकै पहिलो फ्लाई ओभर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३३:oo

सडक विभागले ललितपुरस्थित ग्वार्काे चोकमा ‘फ्लाई ओभर’ (ओभर पास) बनाउँदै छ । आयोजनाको ठेक्काप्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाई ओभर निर्माण सुरु गर्नेछन् । नेपालको सडक सञ्जालमा बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो ।  कुल १७ करोड ६८ लाख रुपैयाँ लागत रहने यस फ्लाई ओभरको निर्माण आगामी १४ महिनाभित्र सम्पन्न भइसक्नेछ । 

यस फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातदोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम बनाइनेछ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएको हो । विभागले ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्काे चोकको फ्लाई ओभर निर्माण गर्न लागिएको हो ।