१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका– ७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय जीवन बसेलको घर पूर्ण रूपमा क्षति भएको हो।

विद्युत् मिटरमा करेन्ट सर्ट भई आगलागी भएको बताइएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्र राखिएको अन्नपात, लत्ताकपडा, भाँडाकुुँडा, नगद र सुनचाँदी केही पनि निकाल्न नसकेको उमाकुुण्ड गाउँपालिका–७ भुुजीका वडाध्यक्ष रुद्रमणि नेवारले जानकारी दिए।

उनका अनुसार आगलागीबाट करिब १० लाखबराबरको क्षति भएको छ। आगलागीपीडितलाई वडा कार्यालयले आजै केही राहत उपलब्ध गराउने र बाँकी राहतका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई पत्राचार गर्ने अध्यक्ष श्रेष्ठले बताए। हाल आगलागीपीडितलाई नजिकैका छिमेकीको घरमा राखिएको छ।