Skip This
महाकालीमा एकतर्फी तटबन्ध : भारतीय दूतावासअघि अखिल (क्रान्तिकारी)काे प्रदर्शन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
समाचार डिजिटल संस्करण

महाकालीमा एकतर्फी तटबन्ध : भारतीय दूतावासअघि अखिल (क्रान्तिकारी)काे प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विरोधमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ। बुधबार लैनचाैरस्थित भारतीय राजदूतावासअगाडि अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको हो।

नेपाललाई क्षति पुग्ने गरी भारतले दार्चुलास्थित महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको थियो। ढुंगा लागेर दुवैतर्फका केही नागरिक घाइते भएका छन्।

नेपालतिर क्षति पुग्ने गरी नदीको धार परिवर्तन गर्न तटबन्द बनाएर भारतले ज्यादती गरेको भन्दै अखिल (क्रान्तिकारी)ले भारतीय दूतावासअघि प्रदर्शन गरेको हो। यस विषयमा नेपालले भारत सरकारलाई मंगलबार नै कूटनीतिक नोट पठाइसकेको छ।