१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बेसारघारी सिँचाइ आयोजना ८० प्रतिशत सम्पन्न

०७७ बाट सुरु गरिएको सिँचाइ आयोजना ०७९ असारसम्म सक्ने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३२:oo

बेसारघारी सिँचाइ आयोजना पुस मसान्तसम्म हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । देवघाट गाउँपालिका–१ मा रहेकोे आयोजनाको अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले बताए ।

अहिलेसम्म तीनवटा पानी रिजर्भ गर्ने ट्यांकी सम्पन्न भइसकेको छ । ‘गत महिना ३२ वटा धारामा पानी टेस्ट गरिसकेका छाैँ र त्यो पनि सम्पन्न भइसकेको छ । यो वर्ष पुस मसान्तसम्म सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गर्ने लक्ष्य छ,’ उनले भने ।

आयोजनामा अहिले पानी सञ्चालन भइरहेको छ । ‘केही ट्यांकीमा तारबार गर्न बाँकी छ भने केहीमा कबर स्ल्याब राख्न बाँकी छ । त्यस्तै, फिनिसिङका कामहरू धमाधम भइरहेको छ, सतह सिँचाइ योजनाभन्दा यो लिफ्ट सिँचाइ योजना चुनौतीपूर्ण रहेको छ, प्राविधिक हिसाबले जटिल पनि छ,’ उनले भने, ‘यसमा प्रयोग भएका पम्पलगायतका फिटिङका सामग्रीहरू अलिकति टेक्निकल्ली हेन्डल गर्नुपर्ने भएकाले त्यहाँ उपभोक्तालाई तालिम पनि दिने तयारी छ र उपभोक्तालाई तालिम प्रदान गरेपछि सम्पन्नपश्चात् आयोजना हस्तान्तरण गर्ने तयारी छ ।’

आयोजनाको अहिलेसम्म ३२ वटा धारा निर्माण सम्पन्न भएको प्राविधिक अधिकृत जगन्नाथ चापागाईंले बताए । उनका अनुसार चार सय रोपनी जमिनमा सिँचाइ हुने गरी अहिले काम भइरहेको छ । पाँच किलोमिटरको दूरीमा पाइप बिछ्याएर पानी लैजाने योजना हो । उक्त सिँचाइ आयोजना ०७७ बाट सुरु गरी ०७९ असारसम्म सक्ने लक्ष्य हो । त्यहाको पानी सिँचाइ गरेर लगेपछि सुन्तलाबारीका लागि प्रयोग हुनेछ । उक्त आयोजनाको कुल लागत एक करोड २० लाख रहेको छ । 
 

ad
ad