Skip This
दार्चुला तटबन्ध : सरकारले भारतलाई पठायो कूटनीतिक नोट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला तटबन्ध : सरकारले भारतलाई पठायो कूटनीतिक नोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित परराष्ट्र मन्त्रालयले भारतीय पक्षलाई मंगलबार कूटनीतिक नोट पठाएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले कूटनीतिक नोट पठाएको पुष्टि गरिन्। ‘दार्चुला तटबन्धका सन्दर्भमा नेपाल सरकारका तर्फबाट भारत सरकारलाई कूटनीतिक नोट पठाइएको छ,’ लम्सालले नयाँ पत्रिकासँग भनिन्। यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने उनले बताइन्।

गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि सोमबार साँझ परराष्ट्र मन्त्रालयलाइ चिठी लेखेको थियो। सो चिठीका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको हो। सरकारले प्राविधिक रूपमा समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्नेमा जोड दिएको छ।

नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि दार्चुलामा स्थानीय बासिन्दाले विरोध गरेका थिए। महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको थियो। स्थानीयले दुई देश जोड्ने झोलुंगे पुलमा तालाबन्दी गरेका थिए।

भारतीय कम्पनी अरुण कन्सट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाब नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरेको विरोधमा स्थानीयले पुल बन्द गरेका थिए। उक्त स्थानमा एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको छ।