मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नाे पार्टीका नेता–कार्यकर्तामाथिको मुद्दा खारेज गर्न विप्लव नेकपाको दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१२:oo

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता–कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दबाब दिएको छ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो दबाब दिएका हुन्। मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका वेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ।

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता–कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषदबाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रकाण्डले बताए।

यता, गृहमन्त्री खाणले पनि सो समस्या समाधान गर्न सरकार इमानदार र प्रतिबद्ध रहेको बताएका थिए। ‘आज हेर्दाखेरि वार्ता सकारात्मक छ। तर, अहिले हामीले फोकस गरेको भनेको परिणाम हो। त्यो हेर्नुपर्छ। छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ,’ भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रकाण्डले भने।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीनबुँदे सहमति गरी नेकपा शान्तिप्रक्रियामा आएको थियो। तर, सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ।