![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Rajan_Bhattarai2022-11-02-04-57-16.jpeg)
नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदीमा भइरहेको पछिल्लो गतिविधिको विषयमा चासो राखेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले सीमानदी महाकालीमा भारतीय पक्षले बनाउने संरचनाले नेपाललाई असर गर्ने भन्दै एकपक्षीय बनाउन नमिल्ने बताएका छन् ।
नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा भएको गतिविधि रोकी तत्काल द्विपक्षीय वार्ताबाट सहमति खोज्न उनले सरकारसँग आह्वान गरेका छन् ।