Skip This
बेनेलीको शोरुम अब पोखरामा पनि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेनेलीको शोरुम अब पोखरामा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१८:oo

बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रा.लि.ले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ। बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुम खोल्ने क्रममा पोखरामा पनि खोलेको हो।

हाल नेपालमा बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौँडा, सिमरा, वीरगन्ज, चितवन, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा गरी नेपालमा यसका २२ वटा शोरुम छन्।

१८०० वर्गफुटमा निर्माण गरिएको पोखराको शोरुममा ५० वर्गफुट स्पेयर पार्टस् र १५०० वर्गफुट सर्भिस सेन्टरका लागि व्यवस्थापन गरिएको छ। यो शोरुममा ‘थ्रि–एस’ सुविधा सम्पन्न रहेको कम्पनीले जनाएको छ। 

नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा रु. ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन रु. ४० हजार, न्यूनतम डाउन पेमेन्ट रु. ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर प्रदान गर्नेे पनि बेनेलीले जनाएको छ। साथै, विद्यमान ग्राहकहरूका लागि निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन हुनेछ।

सन् १९९१ मा स्थापित इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड बेनेलीले प्रिमियम, बिग–बोर, स्पोर्टस् र नेकेड बाइकहरू निर्माण गर्दै आएको छ।