मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १९ सोमबार ०९:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाबाट प्रतिनिधिसभामा माओवादीका गंगा कार्की विजयी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार ०९:०६:००

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण सिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बालकृष्ण सिवाकोटीले ३६ हजार चार सय ७७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर तीन सय १८ रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका सिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाए पनि जित्न सकेनन् । उनलाई वैतेश्वर र तामाकोसीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो । 

प्रदेश सभातर्फ भने आइतबार नै क्षेत्र (क) मा कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र (ख) बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकालेका हुन् ।