१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नेदरल्यान्ड्ससँग ३–१ ले पराजित भएपछि निराश हुँदै अमेरिकाका क्रिस्टियन पुलिसिक (सेतो जर्सी) । 
२o८१ बैशाख १७ सोमबार o७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्स  क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:o२:oo

नेदरल्यान्ड्स कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । खालिफा रंगशालामा नेदरल्यान्ड्सले अमेरिकलाई ३–१ को अन्तरले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेको हो । नेदरल्यान्ड्स आठ वर्षपछि विश्वकपमा छनोट भएको हो । समूह ‘ए’ को विजेताका रूपमा नेदरल्यान्ड्सले अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेताविरुद्ध क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । लुइस भान गालको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स चालू विश्वकपमा अपराजित रहेको छ । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले एक–एक गोल गरेका थिए । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काएका थिए । 

समूह बीको उपविजेताका रूपमा नकआउट चरण स्थान बनाएको अमेरिकाले नेदरल्यान्ड्सविरुद्ध बल पोसेसन बलियो राखेको थियो । तर, प्राप्त अवसरमा खेलाडीले गोल गर्न नसक्दा अमेरिका प्रिक्वार्टरफाइनलबाटै घर फर्कियो । अमेरिकाले नेदरल्यान्ड्सविरुद्ध ५८ प्रतिशत बल पकड बनाएको थियो । नेदरल्यान्ड्सले ४२ प्रतिशत बल पोसेसन राख्यो । अमेरिकाले प्राविधिक खेल खेल्दै नेदरल्यान्ड्समाथि दबाब बनाउने कोसिस गरेको थियो । अमेरिकाले १७ पटक र नेदरल्यान्ड्सका खेलाडीले ११ पटक गोलका लागि प्रयास गरेका थिए । नेदरल्यान्ड्सले काउन्टर अट्याकमाथि जोड गरेको थियो । 

विश्वकपमा सहभागीमध्ये नेदरल्यान्ड्सको डिफेन्स सबैभन्दा बलियो मानिन्छ । यही बलियो डिफेन्स लाइन अमेरिकन खेलाडीले तोड्न सकेनन् । मध्यान्तरपछि अमेरिकाले रणनीति परिवर्तन गरेको थियो । खेलको दशौँ मिनेटमा नेदरल्यान्ड्सले १–० को अग्रता लियो । डेन्जेलको क्रसमा डिपाएले डिबक्सभित्र उत्कृष्ट गोल गरेका  थिए । डिपाएको प्रहार रोक्न अमेरिकन गोलरक्षक म्याट टर्नरले मौका नै पाएनन् । 

पहिलो हाफको इन्जुरी समयमा नेदरल्यान्ड्स २–० ले अघि रह्यो । डम्फ्रिजको पासमा ब्लिन्डले दुई रक्षापंक्तिका खेलाडीबीच गोल गरेका हुन् । खेलको ७६औँ मिनेटमा अमेरिकाले २–१ को गोलअन्तर बनायो । अमेरिकालाई खेलमा फर्काउने क्रममा राइटले गोल गरे । उनले क्रिस्टियनको पासमा डिबक्सबाट गोल गरे । खेलको ८१औँ मिनेटमा नेदरल्यान्ड्सले ३–१ को अग्रता लिँदा अमेरिकाको खेलमा फर्कने सबै प्रयास समाप्त भए । नेदरल्यान्ड्सका लागि तेस्रो गोल डम्फ्रिजले गरेका हुन् । 

ad
ad