१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १७ शनिबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार १७:१८:oo

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अहिले बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने मुख्य एजेन्डासहित पदाधिकारी बैठक बसेको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले मिलेर सरकार बनाएर जाने विषयमा जोड दिएर छलफल भइरहेको बताइएको छ। सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्रका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने धारणा राख्दै आएका छन्।

पार्टी अध्यक्ष प्रचण्डले पनि नयाँ सत्ता समीकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन्।