१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर १६ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १६:१७:oo

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका– १ स्थित जुम्ला विमानस्थलको पश्चिमतर्फको तारजालीभित्र कैलालीको टीकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सकले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए।

जोशीका अनुसार छारे (मुर्छा पर्ने) रोगी उनले मदिरा सेवन गरेको पाइएको छ। ‘अलि सुगर र रक्तचाप पनि घटेको मेडिकल रिपोर्टबाट देखिन्छ,’ उनले भने। घटनाबारे मृतकका आफन्तलाई खबर गरिएको उनले बताए।