१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ। बिहीबार प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सरकारसँग ललितकलासम्बन्धी विषयमा नीतिगत सुधारको माग गरेका हुन्।

सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरूको निर्यातमा सुविधा दिनुपर्ने उनको भनाइ छ। कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रसलगायत अन्य सामग्रीको आयात शुल्क छुट गर्नुपर्ने उनले माग राखे। त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद–बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाइ छ।

कुलपति कर्माचार्यले सातैवटा प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रमा प्रतिष्ठानका शाखा कार्यालयको व्यवस्था हुनुपर्ने उल्लेख गरे।

प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनीजस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताए।