१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १२ सोमबार २२:३३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

शीतलहरको चेतावनी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार २२:३३:००

बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ ।

उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ ।

शीतलहर (चिसो सिरेठो) चल्ने भन्दै आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई सचेत गराइएको छ । 

आगामी शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट माइनस तीन डिग्री सेल्सियसमा झर्ने र आगामी तीन दिनसम्म चिसो सिरेठो चल्ले महाशाखाले जनाएको छ । 

शीतलहरका लागि कृषि, वन, तातोपानी, यातायातलगायत सरकारी निकायले आवश्यक तयारी गरेपनि त्यहाँका बासिन्दालाई अतिआवस्यक काममा बाहेक अन्य प्रयोजनका लागि बाहिर ननिस्कन, घरभित्रै बस्न र न्यानो रहन पनि सुझाव दिइएको छ । (राससकाे सहयाेगमा)