मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जनकपुरधाममा विवाह पञ्चमीको रौनक [फाेटाेफिचर] 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

जनकपुरधामको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत आज दिउँसो स्वयंवर कार्यक्रम सम्पन्न भएको छ। 

 

त्रेता युगमा भागवान राम र सीताको विवाह भएको स्मरणमा मनाइने सताव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार दिउँसो भगवान राम र सीताबीच स्थानीय रंगभूमि मैदानमा स्वयंवर  सम्पन्न भएको हो। 

स्थानीय राममन्दिरबाट भगवान् रामको डोला बाजागाजासहित बाह्र बिघा पुगेको थियो। उक्त डोलाको नेतृत्व राममन्दिरमा महन्थ राम गिरिले गरेका थिए। 

त्यसपछि जानकी मन्दिरका छोटा महन्थ रोशनदास सीताजीको डोला बाह्र बिघा पुगेका थिए। त्यहाँ दुवै डोला एक-अर्काबीच मिलान र माला फेर गरी स्वयंवर गरिएको थियो। 

स्वयंवरपश्चात् जनकपुरधाममा शोभा यात्रा निकालिएको छ। शोभा यात्रामा विवाह पञ्चमी सहभागी भएका नेपाल, भारतका श्रद्धालु भक्तजनहरू लाखौँको संख्यामा सहभागी भएका थिए। शोभा यात्रामा धनुषा ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद जुलीकुमारी महतोसहितका सहभागिता रहेको थियो। 

सोमबार राति जानकी मन्दिरको प्रागंणमा मिथिलाका रीतिरिवाजअनुसार भगवान् राम र सीताबीच वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए। 

आइतबार दिउँसो मटकोर कार्यक्रम सम्पन्न भएको हो। मिथिलाको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइने महोत्सवले नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धलाई दर्शाउँछ। मंगलबार रामकलेवापश्चात् महोत्सव विधिवत् रूपमा सम्पन्न हुनेछ ।