१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १८:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा ३२ हजारभन्दा बढी मत बदर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मकवानपुरमा ३२ हजार बढी मत बदर भएको छ। 

दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल १ लाख ७८ हजार २८२ जनाले मतदान गरेकोमा ३२ हजार ४५७ मत बदर भएको हो।

निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ९१ हजार चार सय ८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ। 

यसैगरी, यसै क्षेत्रको प्रतिनिधिसभातर्फको समानुपातिकमा ९१ हजार ७९१ मत खसेकोमा ३ हजार ६१२ मत बदर भएको छ।

यस्तै, यसै निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा १ मा प्रत्यक्षमा ४६ हजार दुई सय ३० मत खसेकोमा १ हजार ६६३ मत बदर भएको छ भने प्रदेश सभा २ मा ४५ हजार ८० मत खसेकामा १ हजार ४४२ मत बदर भएको छ। 

प्रदेश सभा क्षेत्र नम्बर १ र २ अन्तर्गत समानुपातिकमा कुल ९१ हजार ८७ मत खसेकोमा ५ हजार १२५ मत बदर भएको सहायक निर्वाचन अधिकृत तीर्थ भट्टराईले जानकारी दिए।

यसैगरी, मकवानपुरको निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ८६ हजार ४१० मत खसेकोमा ४ हजार ११६ मत बदर भएको छ। यस निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा १ मा ४५ हजार ९२९ मत खसेकामा १ हजार ६ सय र प्रदेश सभा २ मा ४० हजार ४१० मत खसेकामा १ हजार ४५३ मत बदर भएको छ। 

यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ मकवानपुर क्षेत्र नम्बर २ मा ८६ हजार ५०३ मत खसेकोमा ४ हजार १२२ मत बदर भएको र यस क्षेत्रको दुवै प्रदेश सभामा गरी कुल ८६ हजार ३३ मत खसेकोमा ५ हजार २६६ मत बदर भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसपटक मकवानपुरमा ३ लाख ७३३ जना मतदाता रहेकोमा १ लाख ७८ हजार २८२ जनाले मात्र मतदान गरेका थिए। निर्वाचन आयोगको निर्देशनअनुसार मतदाता शिक्षा सञ्चालन गरिएको भए पनि यति धेरै संख्यामा मत बदर हुनु आश्चर्यजनक रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले बताए। 

उनले चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेमा कतिपयले एउटै मतपत्रमा पनि चारवटा फरकफरक चिह्नमा मतदान गरेको बताए। मतपत्रको संख्याका कारण मतदाता झुक्किएको हुन सक्ने प्रमुख पोखरेलको भनाइ छ।